ज्याेतिष शब्दकाे अर्थ संस्कृति शब्द ज्याेति (ज्याेत्स्ना)+इश शब्दले बनेको छ।ज्याेतिकाे अर्थ प्रकाश या अलाैकिक शब्द हुन्छभने ईश भनेकाे ईश्वर हाे।अर्थात ईश्वरको सृष्टिमा भएका चर/अचर सकलजगत प्राणिभरलाई प्रकाश दिने,शक्ति दिने आँखा भन्नेहुन्छ।यहाँ ज्याेत्स्ना भनेकाे चन्द्रमा र सूर्यकाे प्राण शक्तिद्वारा संसार परिचालित छ र यस्काे मुख्य अवयव चन्द्र र सूर्य नै हुन् भन्दा अत्युक्ति नहाेला।त्यसैले ज्याेतिषमा मुख्य दुइटा ग्रह सूर्य र चन्द्रमा पृथ्वीकाे निकट अनि प्रत्यक्ष प्रभाव दिनेवालामा पर्दछन्।यसकाे अलावा साैर्यमण्डलमा रहेका ताराहरु ,नक्षत्रहरु र ग्रहहरुकाे अापसि सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सुत्रबाट अध्ययन गरेर त्यसबाट यस पृथ्वीमा विद्यमान जड र चेतना माथि पर्ने प्रभाबकाे अध्ययन र बिश्लेषण गर्ने अद्वितीय विज्ञान हाे ।यहाँ शास्त्रीय मतकाे विश्लेषण गर्दा वेदबाटै ज्याेतिषिकाे उत्पत्ति भएकाे पाईन्छ।वेदका छ अङ्ग -शिक्षा ,कल्प ,विरुक्त,ब्याकरण,छन्द र ज्याेतिष हुन्।वेदका छ अङ्गमध्ये ज्याेतिषशास्त्र नेत्र भएका कारण सर्बश्रेष्ठ रहेकाे कुरा वर्णन गरिएको छ।वेद अपाैरुषेय छ तसर्थ वेदांग भएका कारण ज्याेतिष पनि अपाैरुषेय भयाे अर्थात् श्रृष्टिकाे प्रारम्भबाट नै प्रचलित रहिआएकाे सत्य विज्ञानकाे रुपमा रह्यो ।ज्याेतिष शास्त्रका व्याख्याता प्रसिद्ध ऋषि भृगु,जैमिनि,पराशर र वराहमिहिर हुनुहुन्छ ।वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेकाे कुरा कतिपय पश्चिमा विद्वानहरुले पनि स्विकार गरेका छन्।ज्याेतिष शास्त्रकाे पाैराणिक ग्रन्थ भृगुसंहिता,बृहद ज्याेतिषसार ,मुहुर्तचिन्तामणी,सिघ्रवाेध आदि ग्रन्थहरुमा शास्त्रकाे विशेष चर्चा र वर्णन पाइन्छ।
ज्याेतिष विज्ञान हाे : वैज्ञानिकहरुले आज कम्प्युटर दुर्विन र अनेक बिश्वविद्यालयकाे ल्याव र प्रयाेगशालामा बर्षाैं बसेर पुरा ब्रह्माण्डकै अध्ययन गर्दै आएका छन् ।ज्याेतिष शास्त्रकाे आधुनिक प्रारम्भ भने मेसापाेटामियाकाे प्राचिन सभ्यतादेखिनै भएकाे पाईन्छ ।ग्रिस हुँदै भारत र नेपालसम्म फैलिएको धारणा विद्वानहरुकाे रहेकाे पाईन्छ।प्रत्येक ग्रहकाे आफ्नाे प्रकृति हुन्छ र व्रह्माण्डकाे आफु रहेकाे ठाउँ अनुसार बिभिन्नखालका प्रभाव पार्दछ भन्ने विश्वासको आधार पनि हाे।पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरु माथि यी प्रभावले निम्त्याउने परिणामकाे भविष्यवाणी गर्नु नै ज्याेतिष शास्त्रकाे मुख्य उद्देश्य हाे।
सूर्यले पृथ्वीकाे वरिपरि ब्रह्माण्डमा घुम्ने बाटाे वृत ३६० डिग्रीकाे हुन्छ र यसलाई १२ भागमा विभाजन गरी प्रत्येक ३०/३० डिग्रीकाे भित्र जुन नामकाे तारापुञ्ज पर्दछ त्यसैलाई एउटा राशिको नाम प्रदान गरिएकाे हुन्छ तिनै मेष,बृष आदि गरिएका राशिहरु हुन्।यिनीहरू चन्द्रकक्ष र सूर्यकक्षद्वारा काटिएका विन्दुहरु हुन्।त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरीत दिशामा रहेका हुन्छन।तर,यिनीहरुमा नैसर्गिक सम्बन्ध विद्यमान रहेकाे हुन्छ।
पूर्ण फलादेशकाे लागि धेरै कुराकाे विचार आवश्यक हुन्छ।ज्याेतिष भनेकाे सम्पूर्ण साैर्यमण्डललाई अध्ययन गरेर तारा,नक्षत्र र ग्रहहरुकाे गणितीय पद्धतिबाट बिश्लेषण गरि सत्य प्रभाव कुनैकुनै मनाेविज्ञान र अडकल नलगाईकन वैज्ञानिक विधिअनुसार सप्रमाण कथन गर्ने क्षमता भएको हुनुपर्दछ भन्ने लाग्छ।शास्त्र आफैमा सामर (समुद्र)हाे।ज्याेतिषिले कति लिनसक्याे त्यतिनै उसले अरुलाई भविष्यबाणी दिने हाे ।आजकल ज्याेतिषिमा पनि कम अध्ययन गर्ने,अनुभवकाे कमी र साधनामा ध्यान नदिदा ब्यक्ति अनुसारकाे कथनमा एकरुपता आउन सकिराखेकाे छैन।हाम्राेजस्ताे अल्पबिकसित मुलुकमा प्रयाेगशालाकाे कमि,दुर्बिन आादि यन्त्रकाे कमि भएकोले अरुकाे निर्भर हुनुपर्ने,अरुकाे प्रयाेगशाला र यन्त्रकाे भर पर्नुपर्ने भएकाेलेे साँच्चै भन्नुपर्दा नासाकाे भरपर्नुपर्ने अवस्था छ।शास्त्र आफैमा पूर्ण छ ,भृगु या पराशर भनेर विभाजित हुनुपर्ने कुरा गलत हाे ।सबैग्रन्थ अध्ययन गर्ने र सहि निष्कर्श निकालि भविष्यबाणी गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ।शास्त्र पनि अलग अलग समयमा रचना भएका छन्।अलग अलग समयमा समाजकाे स्थिति र ग्रहहरुकाे दृष्टि एकरुप नहुदा पनि कतिपय भविष्यवाणीमा एकरुपता नआउनु स्वाभाविक भएपनि शास्त्रकाे सार भने एकै हुन्छ जसरी भगवानका अनेक नामहरु भएपनि भगवान त एकै हुनुहुन्छ।
मेराे अनुभवमा भने अध्ययनले मात्रै पुग्दैन,ज्याेतिषमा मुख्य साधनाकाे जरुरत पर्दछ।आफ्नाे आचरण,रहनसहन,खानपान र ब्यवहारमा शुद्धता ल्याउनै पर्छ।ज्याेतिष शास्त्रीय वेदबाटै उत्पत्ति भएकाले वैदिक आचरण व्यवहार अपरिहार्य मानिन्छ।ज्याेतिषि आफैमा पूर्ण परिपक्व र आचरित नहुँदा समाजमा ज्याेतिष शास्त्रप्रति गलतफेमी समेत भएकाे पाईन्छ।भविष्यवेत्ताले रीस,राग,लाेभ लालचमा नफसि प्रतिशाेध र अर्थ संचयमा नलागी शास्त्रका नियम र परिधिमा रहेर यदि भविष्यबाणी गर्छ भने त्याे ९९ प्रतिशत नै सहि सावित हुन्छ भन्ने मेराे बिश्वास रहेकाे छ।ज्याेतिषिका बिभिन्न विद्याहरुमा वास्तशास्त्र ,सामुद्रीशास्त्र ,अंक ज्याेतिष,प्रश्न ज्याेतिष,सकुन विचार,स्वप्न विचार,फलादेश आदि सबै विद्यामा पारांगत हुनका लागि सिद्धान्त ,प्रयाेग र साधनाकाे असाध्यै महत्व रहेको छ।
मेरो अनुभवमा मकहाँ आउनुहुने भक्तजनहरु फलाना गुरुकाे कारणले त्रशित भएँ,डराएँ जस्ता गुनासाहरु लिएर मकहा आएकाे पाएकाे छु।यदि सच्चा ज्याेतिष हाे भने व्यक्तिलाई सहि परामर्श र ज्ञानचक्षु द्वारा सहि ट्रयाकमा ल्याउन सक्षम हुनैपर्दछ।
त्रशित गराउने हैन त्रशित भएकाहरुलाई खुसी राख्न सक्नुपर्दछ।समस्या मात्रै हैन समाधान दिन सक्नुपर्दछ भन्ने मेराे मान्यता रहेकाेछ।यस्ता कैयौं उदाहरणहरु छन् जस्लेगर्दा गलतमार्गमा लागेका,लक्ष्यपहिल्याउन नसकेर पथभ्रष्ट भएका,कुलतमा फसेका ,गलत संगतका कारण चाेरी डकैती बलात्कारी ,भ्रष्टाचारी आदिमा फसेका ब्यक्तिहरुलाइ समेत सत्मार्गमा लाग्न प्रेरित गरिएको र ती ब्यक्तिहरु अहिले सत्मार्गमा लागिसकेका र लाग्नेक्रममा रहेका छन्।ज्याेतिष भनेकाे शास्त्र ज्ञान बाँडने मात्र हैन समाजमा रहेका कतिपय कुरिति विसंगतिकाे विरुद्धमा लागि समाज परिवर्तन र सामाजिक सेवा गर्नुपनि हाे भन्ने मेराे मान्यता र मुलमन्त्र समेत रहेकाे छ।यस क्षेत्रमा १५ बर्षसम्म कामगर्दा धेरै राेचक रअविस्मरणीय पलहरु भाेग्नेमाैका पाएकाे छु।एकदिन एकजना युवती मेराे कार्यालयमा चिना हेराउन आउनु भएकाे थियाे।कुण्डलीमा कुनै साहसिक कार्य गर्ने र यात्राको समेत याेग बनेकाे थियाे।तर उहाँले त्याे कुरामा खासै महत्व दिनुभएकाे थिएन।त्यसकाे करिब २/४ महिनाकाे अन्तरालमा बहाँलाई हिमाल आराेहण गर्ने मनसाय फुरेछ र छाेटै समयमा याेजना समेत बनेछ।तर आफु मानसिकरुपमा तयार हुन,खर्चकाे जाेहाे गर्न र परिवार भित्रबाट हाैसला पाउन नसकिरहेकाे अवस्थामा बहाँ पुन मेराे कार्यालयमा आउनुभयाे ।ज्याेतिष समस्या हैन समाधान दिने बिद्या हाे।मैले कतिपय साधना र सिद्धिविधि दिएपछि त्याे वहाँले गर्नुभयाे र त्यसकाे २/४ महिना भित्रनै अन्नपूर्ण हिमाल आराेहण गरेर किर्तिमान बनाउनु भयाे।त्यसपछि आमादव्लम आादि हुँदै बिश्वकाे सर्बाेच्च शिखर सगरमाथाकाे सफल आराेहण गर्नुभयाे।वहाँ महिला फाेटाे पत्रकार पूर्णिमा श्रेष्ठ हुनुहुन्छ।याे नाम नसुन्ने पर्यटन क्षेत्रका जानकार थाेरैमात्र हाेलान्।याे सम्पूर्ण कार्यकाे श्रेय वहाँ मलाई दिन चाहनुहुन्छ ।तर,म याे श्रेय आफुलाई हैन ज्याेतिष शास्त्रका व्याख्याता विद्वान ऋषिमुनीहरुलाई दिन चाहन्छु किनकि वहाँहरुले दिएकाे अलाैकिक शास्त्र र साधना आज हामीले उपयाेग गर्न पाईरहेकाछाै।यसमा हामी सबैले गर्व गर्नुपर्दछ।विद्वानहरुकाे सत्सङ्गबाट ,शास्त्रकाे मर्म बुझेर ,बिभिन्न वैज्ञानिक प्रयाेगशालाबाट ,नासा आदिका रिसर्चलाई आधारमान्दैै र आफ्नै कतिपय साधनाकाे कारणले नै अहिलेसम्म भविष्यबाणी गर्दै आएको कुरासमेत जनसमक्ष अनुराेध गर्न चाहन्छु।