ज्योतिष क्षेत्रमा काम गरेको करिब ३० वर्ष भएछ । व्यक्तिगत तवरमा कतिपय राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रयमा सामेल भएता पनि संस्थागत कार्यक्रममा भाग लिने अवसर मिलेको थिएन । यसै सेरोफेरोमा भारतमा अन्तराष्ट्रिय कार्यक्रम हुँदैछ भन्ने सुन्न पाँए । भारतमा लामो समयसम्म अध्ययनको सिलसिलामा रहेको तर नेपाल आएपछि पुनः जाने मौका नमिलेको पनि करिब १७ वर्ष भएछ । भ्रमणमा जाने भन्ने सोच रहेको तर तिर्थ यात्रा गर्ने कि प्रसिद्ध स्थलहरुको भ्रमण गर्ने, पारिवारिक भ्रमण गर्ने कि साथीभाई मिलेर जाने भन्ने योजना बनिनसकेको अवस्थामा दुविधाग्रस्त नै थिएँ । भारत भ्रमणमा त जाने तर माध्यम के हुने भन्ने अन्योलताका विच यो समाचारले म अत्यन्तै उत्साहित भएँ र मिले जाने भन्ने निष्कर्षमा पुगे । नभन्दैकार्यक्रममा जाने टोलीमा म पनि चयन हुन पुगेँछु यो मेरा लागि सुनमा सुगन्धनै भयो । दक्षिण एसियाली ज्योतिष महासंघ मेरा लागि संस्थागत अवसर प्रदान गर्ने पहिलो संस्था बनेको छ जस्को कारण अन्तराष्ट्रिय कार्यक्रममा भाग लिन पाइने त्यो पनि एकै पटकमा दुइटा कार्यक्रममा जान पाइने, दुविधा पनि हट्यो धेरै स्थानको भ्रमण पनि हुने नै भयो एक तिरमा दुई सिकार । माघ ३ गते अर्थात जनवरी १७ तारिखमा यात्रामा निस्कने मिति तय भयो । यसै अनुसार आफूलाई यात्राको लागि तयार गरियो । यो टिममा हामी १२ जना थियौं तर विभिन्न कारणले गर्दा टिममा ९ जना मात्र भयौं । यात्राबारे जानकारी लिन÷दिन हामिले “जम्सेदपुर कलकत्ता सम्मेलन २०२४” भनेर एउटा भाइवर ग्रुप नै तयार गर्यौं। यो ग्रुपमा हामी जानेहरु म लगायत लक्ष्मण पन्थी, राजिव आचार्य, आशिस सिंखडा, चुडामणी पाण्डे, नवराज भट्ट, सुमा बाँस्तोला, सुनिता डाँगी र सुष्मा रेग्मी (रिजाल) यसप्रकार थियौ ।
यात्रा प्रारम्भः १७ जनवरी २०२४
माघ ३ गते अर्थात १७ जनवरीका दिन हाम्रो टिम नेपाल भारत मैत्री बसमार्फत साँझको ठिक ६ः३० बजे स्वयंभू भेला भई यात्रा तय गरियो । भोलिपल्ट अर्थात जनवरी १८तारिखमा करिब १० बजे मुजफ्फरपुर जंक्सन उत्रियौ । मुजफ्फरपुर Railway Stationमा Vip Waiting Room मा भाडामा घण्टाको हिसावले आराम गर्न पाइने रहेछ । हामी करिब ३।४ घण्टा यहाँ रहेर खानपिन गरी आराम गरेपछि हाम्रो कार्यक्रम गन्तव्य
झारखण्ड प्रदेशको जम्सेदपुरमा अवस्थित टाटानगर जानका लागि तयार भयौं । हाम्रो Railway Reservation Ticket दिनको ३ः५० बजेको थियो । विश्रामस्थलदेखी हामी करिब ३ बजे Platform निस्कियौं र रेलको प्रतिक्षा ग¥यौं । लामो समय पछिको रेलयात्रा अनि समूहमा जानुपर्ने, फेरी हाम्रो टिममा प्रायः सबै पहिलो पटक यात्रा गर्ने हुनुहुन्थ्यों । एकजना बहिनी त फरक शारीरिक क्षमताको हुनुहुन्थ्यो । बैशाखीको साहारा लिनुपर्ने त्यसैले कसरी सहकार्य गर्न सकिन्छ र हामी सुरक्षित यात्रा गर्न सक्छौ भनेर हामीले एउटा निर्णय गरी Team Leader तयार गर्यौं लक्ष्मण जीलाई Team Leader बनाई वहाँकै पदचाप पछ्याउँदै हामी मुजफ्फरपुर जंक्सन देखी टाटानगर जंक्सन भोली अर्थात १९ जनावरी मा विहान करिब ७ बजे पुग्यौ । त्यहाँ हामीलाई कार्यक्रमका Founder प्रो.डा. एस. के शास्त्री जी का सुपुत्र तथा वरिष्ट ज्योतिष डा.अभिजीत चक्रवर्ती सहित का Teamले भव्य स्वागत गर्दै हामीलाई टाटानगर स्थित BS Plaza होटल आवासस्थलमा अतिप्रेमपूर्वक आतिथ्यता प्रदान गर्नु भयो । खाना
नास्ताको व्यवस्था भने आवास स्थलको निकटमा भव्य राम मन्दिर परिसरमो धर्मशालाको अन्तराष्ट्रिय सभाहल नजिक रहेको थियो ।
जम्सेदपुर एसियन सम्मेलन
१९ तारिखको विहान ठिक ११ः२० मा ३१ औं Asian Astrologers Conference –२०२४ शुभारम्भ भयो । Center of Astrological study and Research for public welfare का प्रमुख प्रो.डा. एस.के शास्त्री यो कार्यक्रमको प्रमुख आयोजक South Asian Astro Federation Nepal Asian Astrologers Congress Dhaka Bangladesh / AstrologicalResearch Institute of Krishnamurti Padhati Tripura India रहेका थिए । कार्यक्रम Prof. Dr. so k Shastri ज्यूको सञ्चालकत्वमा ३ दिन अर्थात जनवरी १९,२० र २१ तारिखसम्म निरन्तर रहयो भने प्रमुख अतिथि तथा विशिष्ठ अतिथिगण कार्यक्रम का Schedule अनुसार प्रत्येक चरणमा अलग–अलग हुने गरेकाथिए । प्रत्येक दिन कार्यक्रम ३ चरणमा हुने गर्दथ्यो । सह–आयोजक हुनुका नाताले हो या नेपाली भएको कारणले हो हाम्रो संस्थाका महासचिव लक्ष्मण पन्थी जी लाई प्रायः कुनै पनि Session मा छुटाइएन यो हामी सबैले गर्भ गर्ने कुरा पनि हो विश्व ज्योतिषमहासंघबाट महासचिव राजिव आचार्यले पनि आतिथ्यता गनु भएको थियो । त्यहाँ नेपालीलाई हेर्ने दुष्टिकोण असाध्यै सकारात्मक रहेको पाइयो । हाम्रो ९ जना नेपाली प्रतिनिधीहरुलाई समेत मञ्चमा कुनै न कुनै Session अतिथिमा छुट्याउनु भएन माननीय प्रो. डा.एस.के शास्त्री ज्यूले । एसियन लेवलको अन्तराष्ट्रिय सम्मेलनमा सबैले मञ्च सेयर गर्न पाउनु प्रायः असम्भव नै हुने गर्दछ तर हाम्रा लागि यो मञ्च आतिथ्यता ग्रहण गर्ने बोल्ने र आफ्ना कुराहरु साझा गर्ने उपयुक्त थलो बन्न गयो । यो मौका पाउनुमा हाम्रो Team Leader लक्ष्मण पन्थी ज्यू को महत्वपूर्ण भुमिका त थियो नै माननीय प्रो. डा. एस.के शास्त्री ज्यूको नेपालीलाई हेर्ने सकारात्मक दुष्टिले काम गरेको घाम झै छर्लङ्ग हुन्छ । यो कार्यक्रममा नेपाली टोपी,रूद्राक्ष र भेषको ठूलो कदर हुँदो रहेछ । नेपाली टोपीलाई पशुपतिनाथको टोपीको रुपमा लिने भएको र रूदाक्षलाई शिव नेत्रको रुपमा लिइने भएको कारण टोपी र रूदाक्षको लागि त्यहाँका जनमानसमा आकर्षण र उत्साह रहेको देख्न सकिन्थ्यो र प्राप्ति नहुँदा नेपाली सँग फोटो (सेल्फी) लिएरै भएपनि चित्त बुझाउने गर्दथे । यो कार्यक्रममा नेपाली टिमका हाम्रा भाइ चुडामणी पाण्डेको कपाल (लट्टा) सँग विशेष लगाव र सेल्फी क्रेज हेर्ने लायकको थियो । फरक शारीरिक क्षमताकी हाम्री बहिनी सुनिता डाँगी पनि दर्शकको रोजाइमा पर्ने गरेकी थिइन्।
कार्यक्रममा पहिलो दिनको पहिलो क्भककष्यल उद्घाटनको रहेको थियो । दोश्रो Session हस्तरेखा ज्योतिष (Palmistry) सम्बन्धि थियो । यहाँ भारत, नेपाल, बंगलादेशका दिग्गज विद्धानहरुले भाग लिएका थिए र प्रत्येक Session मा अलग–अलग Judgeले Judgement गर्ने गर्दथे । राम्रो बोल्ने वक्ताहरुलाई मेडल तथा प्रमाणपत्रको समेत व्यवस्था गरिएको थियो । तेश्रो Session भने निशुल्क हस्तरेखा, ज्योतिष हेर्ने सर्वसाधारण का लागि स्टल नै लागेको थियो कार्यक्रममा विदेशी आगन्तुक अतिथिहरुलाई सम्मानको व्यवस्था थियो । यति ठूलो Platformमा आतिथ्यता गर्न पाँउदा हामी सबै टोलीका सदस्यहरु अति नै उत्साहित बनेका थियौं । विद्धत सभामा भाग लिने तिव्र इच्छा भएपनि भाषा समस्या र कार्यक्रमको बारेमा पुर्वजानकारी र पर्याप्त तयारी नहुँदा भविष्यमा हुने अरु कार्यक्रमको प्रतिक्षा गर्नुको विकल्प मात्र बाँकी रहन्छ । दोश्रो दिन २० जनवरीमा ९ः३० बजे कार्यक्रम सुरु भयो । भारतीय पाहुनाहरुलाई स्वागत पश्चात शुरु भएको कार्यक्रममा ११ बजेबाट चिकित्सा ज्योतिषको बारेमा विद्धानहरुको अनुभव साटासाट गर्ने र २ बजेबाट प्राचीन ज्योतिष र तन्त्रको बारेमा के.पी पद्धतीको अनुसरण गर्दै ज्ञान साझा गरिएको थियो । ५ बजे देखि अघिल्लो दिन जस्तै सर्वसाधारणका लागि Stallखुल्ला गरिएको थियो । तेस्रो दिन २१ जनवरीमा ९ः३० बजे देखी नै कार्यक्रम शुभारम्भ भयो । ११ बजे देखी ज्योतिषद्धारा रोगको निवारण र अंक ज्योतिषको बारेमा Conferendeभयो । विद्धानहरुका आफ्ना रायहरु प्रस्तुत भैसकेपछि करिब ५ बजेबाट ज्योतिषको क्षेत्रमा योगदान दिने विद्धानहरुलाई र Conference मा राम्रो बोल्ने वक्ताहरुलाई मेडल तथा प्रमाणपत्र हस्तान्तर भयो । हाम्रो टिमका प्राय सबै साथिहरु अवार्डद्धारा सम्मानित हुन पाउँदाको क्षण अतिनै आनन्द दिनेवाला थियो जसको यहाँ शब्दद्धारा वर्णन गर्न मुस्किल छ । समग्रमा जम्सेदपुर सम्मेलन एउटा नयाँ अनुभवको संगालो अतिनै अनुसाशित कार्यक्रम थियो जसको जति नै वर्णन गरे पनि कम नै हुन्छ ।
कोलकत्ता ज्योतिष सम्मेलन –२०२४
२१ गते जम्सेदपुर कार्यक्रम सकाएर विदाई भएपछि हामी राती १२ः३० बजे टाटानगर हावडा Express मार्फत भोलीपल्ट विहान अर्थात २२ जनवरीमा विहान ७ बजे कोलकत्ता हावडा स्टेसन उत्रिएर हामीलाई आवास प्रदान गरेको होटल Steem मा सामान राखी नित्यकर्म सकाएर ११ बजे बाट शुरु हुने South Kolkata Astrology and Bastu Science Academy को कार्यक्रममा भाग लिइयो। यस संस्थाका Founder President प्रो.डा.अविज्ञान आचार्य हुनुहुन्छ । कार्यक्रममा प्रतिनिधि मण्डलका तर्फबाट एकजना मात्र प्रतिनिधिलाई मञ्चमा आतिथ्यता गराइएको थियो । नेपालको तर्फबाट हाम्रो प्रतिनिधिको रुपमा माधव मंगल जोशी ज्यूले आतिथ्यता ग्रहण गर्नु भयो । कार्यक्रमको हरेक स्थानमा आ–आफ्नै शैली र प्रकृया हुने गर्दछन् । जम्सेदपुरमा जस्तो हामी सवैलाई जिम्मेवारीमा बाँध्न नसक्दा हाम्रा साथीहरु तिगर–वितर भएको अवस्था थियो । तर कार्यक्रमको तालिका नै त्यस्तो भएर हो या हाम्रो मनोभावलाई बुझेर हो हामीलाई मञ्चमा बोलाएर सम्मान तथा अवार्डको कार्यक्रम आजै गराइयो, सायद यो कार्यक्रम भोली हुनपर्ने हो । यस कार्यक्रममा पनि विभिन्न देश÷प्रदेशबाट आएका विद्धानहरुले आफ्नोज्ञान साझा बनाएका थिए । यहाँ बोल्ने प्रत्येक वक्ताको लागि अन्तिममा अवार्ड तथा प्रमाणपत्रद्धारा सम्मान गरिदो रहेछ । यो सिलसिला भोलीसम्म अर्थात २३ जनवरी सम्म नै जारी रह्यो । त्यहाँ हामीलाई एउटा समस्या के भयो भने कार्यक्रममा बंगला भाषा प्रयोग भएको कारण नबुझ्दा असहज महसुस भइराखेको थियो । नेपाली प्रतिनिधिको तर्फबाट वास्तुविद्यामा माधव मंगल जोशीले वक्तव्य दिनुभएको थियो । भाषामा केही कठिनाईका बाबजुद औसतमा कलकत्ता सम्मेलन सफल रहेको थियो ।
धार्मिक तथा प्रसिद्ध स्थानको भ्रमण
कार्यक्रमको Schedule tight भए पनि विहान या रात्री गरेर कतिपय मठ मन्दिर र प्रसिद्ध स्थानहरुको भ्रमण पनि गरियो । जम्सेदपुर टाटानगरमा स्थित प्रसिद्ध भुवनेश्वरी मन्दिरको दर्शन गरियो । टाटा कम्पनिको हेHead Office भएको कारण यो स्थानको नाम नै टाटानगर रहेको थाहा पाइयो । अति सुन्दर सफा र विकसित सहरको रुपमा टाटाले पहिचान गराइदिएको यो सहरमा ९०% व्यक्तिलाई रोजगारी समेत टाटा कम्पनिले दिएको प्रत्यक्ष देख्दा हामी अचम्मित भयौं । ठूला ठूला पार्क, मठ मन्दिर र चिडियाघर, टाटा कम्पनिले नै बनाएका रहेछन् । भव्य राम मन्दिर, जुब्ली पार्क (विशाल पार्क), ताल तलैया र विशाल संरचनाहरु यहाँ पर्यटकका गन्तव्य रहेछन । कलकत्तामा भने काली घाट मन्दिर, हावडा ब्रिज, बडाबजार, न्यू मार्केट, फेन्सी मार्केट र Underground Metro Train घुम्ने मौका मिल्यो । अत्यन्तै घना वस्ति र पुराना तथा फोहोर जस्तो देखीने कलकत्ताको भित्र (जमिनमुनी) भने अति सुन्दर र विकसित इन्जिनियरिङ देख्न सकिन्छ Superfast metro train, सफा संरचनाहरु भित्र देख्न सकिन्छ । २३ तारिखको सम्मेलन सकाएर २४ तारिख विहान हामी भारतकै प्रसिद्ध तिर्थस्थल तारापिक गयौं । बाटामा शान्ति निकेतनको भव्य संरचनाको दर्शन गर्दै गइयो । तान्त्रिक सिद्धीको लागि अति नै प्रसिद्ध यो तिर्थ रमणिय र भव्य रहेछ । बामाखेपा भन्ने सन्तलाई प्रत्यक्ष तारामाताले दर्शने दिएको स्थान सम्सानघाट अतिनै तान्त्रिक सिद्धी को सिद्धस्थान रहेछ । २४ तारिख हामी तारापिठमै आराम गरी भोली विहान अर्थात २५ तारिख हामी पुनः कलकत्ता आएर Hotel Ashoka मा बस्यौ । राम्रो सुविधा र सस्तो पनि रहेछ यो होटल २६ तारिखको हामी कलकत्ता हावडा Express मार्फत रक्सोल उत्रियौं । टाँगा मार्फत बोडर क्रस गरी विरगंज बाट माइक्रो रिजर्भ गरी २६ जनवरीमा साँझको ७ बजे काठमाडौ ओलियौं ।
यात्राका रमाइला र अविस्मरणीय क्षणहरु
यात्रालाई सभ्य र भव्य बनाउन टिममा कस्ता साथीहरु रहन्छन्भन्ने कुरा महत्वपुर्ण हुन्छ। हाम्रो टिममा संयोगवस नै भन्नुपर्छ साथीहरु एक से एक Romantic हुनहुन्थ्यो । टोली नेताले यसो गरौं भनेपछी सबैले स्विकार गर्ने र अनुसाशित भएर यात्रा गर्ने । तारापिठ जाँदा बाटामा पर्ने शान्ति निकेतन घुम्ने भनेर गाडीबाट उत्रियो यसै समय एकजना साथीलाई ट्वाइलेट जानु पर्ने भयो । छेउछाउ सोध्दा कसैले पनि ट्वाइलेट छेउमा नभएको
बताउँथे । गन्तव्यमा पुग्न ढिलो हुने भएपछि हामी टेम्पोमा भाडा तिरेर ट्वाइलेट गर्न गयौं । ट्वाइलेट यति टाडा कि एक घण्टा त टेम्पोमा हिडियो र बसपार्कमा भाडा तिरेर ट्वाइलेट गएको कुरा अविस्मरण्ीय रह्यो । विच बाटोमा १०८ शिवलिङ्गको दर्शन गर्ने सौभाग्य मिल्यो यो पनि ऐतिहासिक मन्दिर थियो । कहिले गाडीमै नाच्ने, कहिले साथी हसाँउने , कहिले खाना खान छुट्ने, कहिले गाडी नै छुट्ने जस्ता कुरा समिक्षाका विषय हुन सक्लान् तर परदेशमा यी कुराहरु सामान्य नै हुन्। गाडीमा हामीले यात्रा रोमाञ्चक बनाउने कतिपय उपायहरु खोज्यौ । हामी ९ जना थियौ त्यसैले हामी एक आपसमा नवग्रहको संकेत गर्दै बुझ्ने गर्दथ्यौं । जस्तै मेरो नाम सूर्य, लक्ष्मण गुरुको बृहश्पति र राजिव गुरुको शुक्र यसै गरी सबै साथीहरुको नाम ग्रह तथा योगिनीको नामबाट राख्ने गर्दा हामी बिच मजाक र ख्याल÷ठट्ठा गर्न पनि रमाइलो हुने गर्दथ्यो । अर्को प्रसङ्ग पनि
रोचक रहेको छ । रेलमा आफु निदाई रहेको बेला रेल एउटा स्टेसनमा रोकिएछ । अतिनै प्यास लागेको थियो । छेउमा एउटा पसल थियो । म पानी लिन गएँ । पानी लिएर जब पैसा दिएँ खुल्ला पैसा थिएन अब पसलेले पैसा फिर्ता गर्नै लाग्दा रेल चल्न थाल्यो मैले त्यो पैसा माया मारेर बल्ल तल्ल रेल चढ्न भ्याएको कुरा पनि अतिनै स्मरणयोग्य रहेको छ । यसरी हाम्रो जम्सेदपुर र कलकत्ता सम्मेलन सफल मात्र भएन स्मरण योग्य नै रहयो । जम्सेदपुर कार्यक्रम Prf. Dr. Sr. K Shastri को समय लग्न अनुसरण गर्ने र गराउने विधि देखेर हामी कृतज्ञ भयौं । कार्यक्रमको पूर्वनिर्धारित तालिकामा यहाँ १ मिनेट त के सेकेन्डमा पनि सम्झौता गर्नु हुन्नथ्यो । “हामी आफु ज्योतिषी अरुलाई समय बताउने तर आफु समयको ख्याल नगर्ने यो कुरा कदापि स्विकार्य हुदैन” यो वहाँको सिद्धान्त नै भएको हामीले प्रत्यक्ष देख्यौं । हाम्रो एकजना साथीलाई मञ्चदेखी नै झपारेको कुरा वहाँको
सहकर्मी एक महिलाले काममा ढिला गर्दा मञ्चदेखी नै “तुम शरिरसे तो मोटी हो ही तेरा दिमाग भी मोटा ही है” भनेर झपारेको कुरा समयको अनुसिलता हामी सबैलेसिक्ने विषय हो । साथै वहाँको साधना र अवस्थामा पनि उतिकै त्ष्नजत क्अजभमगभि ग्रहण योग्य देखिन्छ । “चिना बनाइ नहीं जाती खुद ही बन जाती है” यहाँ कति ठूलो तपश्या र साधना लुकेको छ भन्ने कुरा ठूला साधकले मात्र अनुभूति गर्नेछन् । यसरी नै यो यात्रा
जस्तै भविष्यमा अरु पनि यात्रा गर्न पाइयोस भन्ने कामना सहित बाँकी कुरा पाठकवर्गमा अर्पण गर्दछु।
very nice content.